६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वैदेशिक लगानीकर्तालाई निरुत्साहित गर्नेलाई छाड्दैनौ : प्रधानमन्त्री ओली

वैदेशिक लगानीकर्तालाई निरुत्साहित गर्नेलाई छाड्दैनौ : प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको बताउनुभएको छ ।

आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिसामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उहाँले बताउनुभएको हो ।

७० औं प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकास निर्माणमा बाधा हालने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्ने यस्ता प्रयासहरुलाई हामीले कमद्धारा नै पराजित गर्ने छौं । ’

संविधान र कानून अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । वर्तामान सरकारले २ वर्ष पुरागरेपनि गतवर्षलाई आधारवर्षका रुपमा लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधारवर्षलाई टेकर आगामी वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभयो । उहाँले नेपाललाई सन २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट समेत गर्नुभयो । ‘हामी सन २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नती गर्ने र सन २०३० भित्र दिगो विकासका लक्षहरु हासिल गर्ने अभियानमा छौं ’ उहाँले भन्नुभयो । सरकार समृद्ध नेपाली सुखी नेपालीको धेयका साथ सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रीत भएको र त्यसका लागि मित्रराष्ट्रहरुको समेत साथ रहने अपेक्षा सरकारले गरेको उहाँले बताउनुभयो ।

प्रधनमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै ओलीले सरकारले केही काम सुरु गरेको केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताउनुभयो । उहाँले सरकार विल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालिलाई हिंडाउन चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘एउटा सरकारका ठाउँमा अर्को अर्को सरकार बदलिएको जस्तो होइन एउटा प्रणालीका ठाउँमा बदलिएको अर्को प्रणालीको अभ्यास हामी गरिरहेका छौं ।’ प्रधानमन्त्री ओलले छोटो अवधिमा जनताका आकांक्षा र चाहनाहरु पुरागर्नुपर्ने चुनौति समेत सरकारसामु रहेको बताउनुभयो । उहाँले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धि तर्फको यात्रा अगाडि बढाइरहेको अवस्थामा आवरोधहरु देखिने गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई अन्त्य गरिएको र अव समृद्ध नेपालको निर्माणमा योगदान गर्नुको विकल्प नरहेको समेत बताउनुभयो । उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा सफल बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । ‘लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानलाई उत्तरदायि हुने र भविश्यप्रति जिम्मेवार हुने सभ्य साशन प्रणाली हो ।’ उहाँले भन्नुभयो । देशलाई संविधान र कानून अनुसार अगाडी बढाउने उृल्लेख गर्दै ओलीले देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । एकसय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस मनाइएको हो । दिवसका अवशरमा काठमाडौंको टुंडिखेल लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।