२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौँ–८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी मनहोरा–५ बस्ने ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्ची–१० बस्ने ४१ वर्षीया दिपा कटुवाल, पर्वत जलजला–४ का ५० वर्षीय  दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरी–५ गुर्जुधाराका २९ वर्षीय रन्जित महर्जन, नवलपरासी बर्दघाट–११ का ३० वर्षीय अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा–६ का १९ वर्षीय दिवस लामा, सुनसरी ईटहरी–१० का ३१ वर्षीय सरोज ढङ्गाना, काभ्रेपलाञ्चोक रोशी–१ का ३७ वर्षीय सन्तोष स्याङ्तान तथा काभ्रेपलाञ्चोक पनौती–५ का ४० वर्षीय दिलिप खड्गी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाहरूले यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरूमा विचौलियाको काम गरी सेवाग्राहीलाई दुःख हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडाँै र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

यसैगरी, उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी नेपाली रकम १० हजारसम्म लिने गरेको, लाइसेन्स प्रिन्ट तथा ब्लुबुकलगायत कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भनि अतिरिक्त रकम लिने गरेको ।

मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको । यातायात कार्यालयसँग सम्बन्धित काममा कर्मचारीको सेटिङमा छिटोछरितो गराइदिने भन्दै विचौलियाजन्य अन्य कार्य गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।