६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सञ्चारमाध्यमप्रति फेरी आक्रोशित प्रधानमन्त्री

सञ्चारमाध्यमप्रति फेरी आक्रोशित प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सञ्चारमाध्यमहरुमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भएको बताउनुभएको छ ।

निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवशरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चर माध्यमहरुमा छ्यापछ्याप्ती आइरहेको बताउनुभयो । जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र टिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरुमा छापिने गरेको उहाँको आरोप छ । ‘जनताको अभिमतबाट होइन् । जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनै पिच्छे अखवारहरुमा छापिएको छापिए । अस्तिका दिन मैले हेर्या थे तीन दिन अगाडी जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या । अख्थिरता ल्याउन पाइन्छ भनेर खुसीयाली मनाइराख्या । अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुसीयाली मनाइराख्या । जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिँड्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या’, ओलीले भन्नुभयो, ‘लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन् । लोकतनत्त जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो । जनताको अभिमत स्वच्छ ढंगले प्रकट हुने र त्यस अभिमतलाई अस्वीकार गर्ने लोकतान्त्रीक पद्धती हुँदैन् । जनताको अभिमत स्वकिार गर्नुपर्छ अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवशरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गर्नुभएको छ । केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अ‍ोलीले व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुन्छि । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो ।’ पूर्वजहरुको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताउनुभयो । ओलीले विगतका नकारात्मक कुराहरु पनि आफुले नविर्षेको बताउनुभयो । दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्लेख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारर्लाइ सुदृढ र विस्तृत गर्दै ति अधिकारहरुको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताउनुभयो । देशमा सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने बताउनुभयो । आयोगको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्नि प्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।