५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय



अ+ अ-

एजेन्सी । थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा गोलाबारी र ट्याङ्क–माउन्टेड मेसिन गनहरूको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको छ ।

थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औं दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उहाँले बताउनु भएको छ ।

“थाई सेनाले कम्बोडियाका नागरिकहरू बस्ने स्थानहरूमा आक्रमण गरेको उल्लेख गर्दै उहाँले आक्रमणमा एक शिशु सहित २१ नागरिकहरूको मृत्यु हुनुका साथै अन्य ८३ जना घाइते भएको पत्रकारहरुसँगको सक्षतकारमा जाउनु भएको छ ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर–७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक–अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ ।