३ पुष २०८२, बिहीबार
,
Latest
१ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप: बक्सिङ छनोट पूरा



अ+ अ-

थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट भए । आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडीले थाइल्यान्ड यात्रा पक्का गरेका हुन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जन नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै पहिलो भइन् । महिला ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाक ओभर पाउदै छनोट भइन् । महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी छन् ।

पुरुष ५२ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले आर्मीका सुशिल थापा मगर, ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामा, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राई, ६९ केजीमा प्रहरी भुपेन्द्र थापाले दाङका विकास राणा र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउदै पहिलो भए । प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार पुरुष ७५ केजीमा स्वतः छनोट भए ।