२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले जित हासिल गर्दा म्यान्चेष्टर युनाईटेड बराबरीमा



अ+ अ-

एजेन्सी । युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनलले जित हासिल गर्दा म्यान्चेष्टर युनाईटेड बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पिकाओसलाई पराजित गर्दा युनाईटेडले बेल्जियमको क्लब ब्रुगासंग बराबरी खेलेको हो । ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलमा बुकायो साकाको क्रसमा ८१ औ मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन् । लण्डन क्लबका फरवार्ड पछिल्लो समय गोलका लागि संघर्ष गर्दै आएका थिए । उनले पहिलो हाफमा पोस्ट नजिकैबाट गोलको राम्रो अवसर गुमाएका थिए । दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा हुनेछ । यस्तै, प्रिमियर लिग क्लब युनाईटेडले बेल्जियमका क्लब ब्रुगासंग १–१ गोलको बराबरी खेलेको छ ।

खेलको १५ औ मिनेटमा घरेलु टोली क्लब ब्रुगाले डेनिसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । एन्थोनी मार्टियलले ३६ औ मिनेटमा पाहुना टोली युनाईटेडका लागि बराबरी गोल फर्काएका थिए । भारी बर्षाका बीच भएको खेलमा युनाईटेडले खासै राम्रो प्रर्दशन गर्न सकेन । दोस्रो लेगको खेल युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा फेब्रुअरी २७ मा हुनेछ ।