७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु



फाइल तस्विर
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यंग्य गरेका छन् ।

सभापति लामिछानेले ओलीले आफूलाई ‘गुन लगाएको’ भनेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उक्त गुन तिर्न आफू अदालत धाइरहेको टिप्पणी गरेका हुन् ।

ओलीले केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा लामिछानेलाई गुन लगाएको तर उनले गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए । यही सन्दर्भमा आज काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किएका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीमाथि व्यंग्य गरे ।

उनले भने, “केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्नेछ ।”

लामिछानेले थपे, “जीउमा किला ठोकेजस्तो भएको छ, अन्य अदालतमा पनि हाजिर गर्न जानुपर्छ । म आज यहाँ आएँ, अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बाँकी त शरीरभरि नै छ ।”

लामिछाने हाल विभिन्न मुद्दाका कारण देशका विभिन्न अदालतमा हाजिर हुनुपर्ने अवस्थाबीच छन् ।