६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भए : प्रचण्ड

कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भए : प्रचण्ड
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा क्रान्तिमा ठुलोठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताउनुभएको छ । .

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सत्तामा नहुँदा आन्दोलनमा हुँदा क्रान्तिम हुँदा निकै ठूलो त्याग गर्न सक्ने तपस्या गर्न सक्ने जनतासँग घुलमिल हुन सक्ने जनता जहाँ बस्छन त्यहिं, जे खान्छन त्यहि, जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न चाहिं सक्ने र नभएको सत्ता चाहिं प्राप्त गर्न सकने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिं न कहिं त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहाँसमा पनि छन र नेपालको इतिहाँसमा पनि त्यसका संकेतहरु लक्षणहरु देखिने गरेका छन् ।’ उहाँले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘त्यहाँ गइसकेपछि पद प्रतिष्ठा लोभ लालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचार जन्य कृयाकलापहरु देखिन जाने हिजो मृत्युलाई सामाना गरेर जस्तोसुकै तपस्या गर्न पनि तयार हुने त्याग गर्न पनि तयार हुने प्रतिकृयावादिका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्नेमान्छेहरु साशन हातमा आइसकेपछि विस्तारै तिनिहरुनै अर्कै अर्कै जनताबाट अलिकति कटेको जस्तो भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने जुन बिडम्बना हामीले बिसौं सताब्दीमा देखियो सबैभन्दा बढी ।’

उहाँले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताउनुभयो । उहाँले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यसो हे¥यो भने हाम्रो पनि त्यही नियती । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् आजभोली यसो घटना हे¥यौं मान्छेहरु बिग्रने विग्रनेतिर गएको जस्तो देखिदै छ ।’