२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको छ ।

पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रिय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस भएको हो ।

पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ । सामाजिक सेवा, महिला सशक्तिकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी पोखरेल काठमाडौं क्षेत्र नं. २ मा अत्यन्तै लोकप्रिय नेतृका रूपमा परिचित रहँदै आउनुभएको छ ।

स्थानीय तहमा उहाँको निरन्तर उपस्थिति, जनसमस्यामा प्रत्यक्ष संलग्नता र जनतासँगको नजिकको सम्बन्धले उनलाई प्रभावशाली राजनीतिक व्यक्तित्वको रूपमा स्थापित गरेको बताइएको छ । पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रिय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ ।