७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको छ ।

पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रिय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस भएको हो ।

पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ । सामाजिक सेवा, महिला सशक्तिकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी पोखरेल काठमाडौं क्षेत्र नं. २ मा अत्यन्तै लोकप्रिय नेतृका रूपमा परिचित रहँदै आउनुभएको छ ।

स्थानीय तहमा उहाँको निरन्तर उपस्थिति, जनसमस्यामा प्रत्यक्ष संलग्नता र जनतासँगको नजिकको सम्बन्धले उनलाई प्रभावशाली राजनीतिक व्यक्तित्वको रूपमा स्थापित गरेको बताइएको छ । पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रिय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ ।