३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस टोली इन्डोनेसिया प्रस्थान



अ+ अ-

काठमाडौं । आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ तथा महिलामा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् । घले आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्ता मै छन् ।

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।