काठमाडौं । नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दा प्रहरीले गरेको ज्यादति विरोध नेविसंघले प्रदर्शन गरेको छ । नेविसंघले शुक्रबार दिउँसो राजधानीको प्रदर्शनी मार्गमा प्रदर्शन गरेको हो ।
नेविसंघले वाल्मीकि विद्या पीठबाट निस्केको जुलुस राष्ट्रियसभा हुँदै पुनस् वाल्मीकिमै पुगेर कोण सभा परिणत भएको थियो । कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानुनी कारबाहीको माग गरिएको छ ।