८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही दिन अझै वर्षा हुने



अ+ अ-

काठमाडौं । राजधानीमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“पश्चिमी भेगका केही स्थानमा पानी परिसकेको छ, मध्य र पूर्वका भूभागमा शुक्रबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” मौसमविद् मीनकुमार अर्यालले भने । मौसमविद् अर्यालले ठूलो न्यून चापीय प्रणाली नभए पनि यसले केही दिन मौसममा बदली कायम रहने जानकारी दिए ।

शनिबार यसको प्रभाव केही भेगमा कायम रहँदै आइतबारदेखि मौसममा केही सुधार आउने सङ्केत रहेको महाशाखाले जनाएको छ तर यो क्रम केही दिन कायम रही फेरि बदलीको सङ्केत आइरहेको छ । अर्को हप्ताको केही दिन फेरि बदली र हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।

महाशाखाका अनुसार शुुक्रबार कतै सामान्य र कतै पूर्ण बदली भई मध्य र पूर्र्वी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनेछ । शनिबार आंशिकदेखि सामान्य बदली अवस्था रहने र हिमाली भेगमा हिमपात हुने जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।