४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’



अ+ अ-

काठमाडौँ।  विद्यालय तहका पाठ्यक्रम र पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री बनाउन विज्ञ र सरोकारवालाले जोड दिएका छन् ।

सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले आज आयोजना गरेको बालबालिका पाठयक्रम र पाठयपुस्तकबीचको तादम्यता विषयक अन्तरक्रियाका वक्ताहरूले जातिगत अपाङ्गता तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पाठ्यक्रममा उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८, र १० को सामाजिक विषयको पाठ्पुस्तक परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले परिमार्जन भएका ती पाठ्पुस्तकहरू आगामी २०८४ सालको शैक्षिकसत्रदेखि कार्यान्वयनमा लगिने बताउनुभयो ।

अनुसन्धानदाता होमराज आचार्यले अहिले विद्यार्थीले पढ्दै गरेको पाठयपुस्तकहरूको अध्ययन गरी पुस्तकहरू बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी समाज भएकाले समाजको प्रतिनिधित्व कक्षा कोठा हुने गरेको उल्लेखगर्नुभयो ।

सेभ द चिल्डे«नका ‘सिनियर प्रोग्राम डेभलपमेन्ट एण्ड क्वालिटी एड्भाइजर’ डा लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गदै कार्यान्वयन तहमा समस्या रहेको बताउनुभयो । शिक्षाविद् डा विद्यानाथ कोइरालले पाठयक्रम र पाठयपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक बनाउनुअघि समाजमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूको सूची तयार पारिनुपर्ने बताउनुभयो ।

शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावलाई पाठ्यसामग्री बनाउँदा उपयोगी बन्न सक्ने भएकाले सहभागीहरूको सुझाव सहितको प्रतिवेदन पाठयक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने जानकारी दिनुभयो ।रासस