२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला



फाइल फोटो
अ+ अ-

विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज भएको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख गर्नुभयो ।

“संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो”, उहाँले भन्नुभयो, “हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ ।”रासस




भर्खरै