२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाले संवैधानिक आयोगहरूबाट प्राप्त वार्षिक प्रतिवेदनहरूलाई सभाको बिजनेस बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको राष्ट्रियसभाको १८औँ अधिवेशनको कार्यसम्पादन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै संवैधानिक आयोगले कस्ता कार्य गरेका छन् ? भनेर सुसूचित गराउनका लागि पनि प्रतिवेदनहरू सभाको बिजनेस बनाइनुपर्नेमा जोड दिनुभएको हो ।

“हाम्रो संवैधानिक व्यवस्थाअनुसार गठन भएका आयोगका बारेमा जानकारी प्राप्त होस्”, उहाँले भन्नुभयो, “हामीले यी प्रतिवेदन माथि छलफल नगर्दा संविधानमा व्यवस्था गरी गठन गरिएका आयोगले जनहितमा केके काम गरे भनेर जनता सुसूचित हुनबाट वञ्चित भएका छन् ।”

उपाध्यक्ष घिमिरेले संसदीय अभ्यासलाई जनताका बीचमा प्रष्ट्याउन नसक्नु तथा संसद्मा सांसदहरूले आफ्नो विचार राख्दा आफूले गरेका कामका विषयमा भन्दा एकअर्काप्रति कटाक्ष गर्नमा बढी समय बिताएका कारण पनि जनतामा गुनासो पक्कै बढेको स्वीकार गर्नुभयो ।रासस