८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस छाया मन्त्रिपरिषद् बैठक : भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको ‘छाया सरकार’ ले भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय लिएको छ ।

आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको हो ।

काँग्रेसले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका अन्य दलहरुसँग गम्भीर ढंगले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गर्दै यसबारे सोमबार अन्य दलसँग बृहत छलफल गर्ने तय गरेको छ । ०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए ।

यस्तै बैठकले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा उद्धत भएको निष्कर्ष पनि निकालेको छ । गोकल बास्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे सशक्त रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

यसैबीच काँग्रेसले संसदीय समितिमा पनि छाया सभापति बनाउने निर्णय गरेको छ । आजको बैठक संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।