१६ श्रावण २०८३, शनिबार
,
Latest
रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध खेलाडीलाई छात्रवृत्ति प्रदान



अ+ अ-

काठमाडौँ। नेपाल ओलम्पिक कमिटिले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने १४ जना नेपाली खेलाडीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटी र छात्रवृति पाउने खेलाडी तथा सम्बन्धित खेल सङ्घका अध्यक्ष एवं महासचिवबीच ओलम्पिक छात्रवृतिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि आठ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस विधामा छात्रवृति प्राप्त गर्ने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोट्र्स क्लाइम्बिङका तेन्जिङ राई र पौडीका अर्विन श्रेष्ठ रहेका छन् ।

उक्त छात्रवृतिअन्तर्गत प्रत्येक खेलाडीले एक हजार १२५ अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी जापानको आयची नागोयामा हुने एसियन गेम्स २०२६ का लागि पाँच जना खेलाडीले छात्रवृति पाएका छन् । यसमा आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, उसुकी सुष्मिता तामाङ र करातेकी एरिका गुरुङ तथा सानुमाया थिङ छन् । उनीहरूले जनही मासिक रु ५० हजार प्राप्त गर्नेछन् ।

सेनेगलमा हुने डकार वल्र्ड युथ गेम्स २०२६ का लागि भने एक जना महिला खेलाडी छनोट भएकी छन् । यसमा उसुकी रश्मी तामाङ छिन् । उनलाई  समान रु ५० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले छात्रवृत्रि पाउने खेलाडीलाई बधाई प्रदान गर्दै खेल सङ्घका पदाधिकारीसँगको विशेष छलफलबाट नेपालको उत्कृष्ट खेलाडी छनोट गरेको बताउनुभयो ।

उहाँले हिजोको सरकारबाट जे जस्तो भए पनि आगामी दिनमा सरकारले नीति नियममा रहेर काम गर्ने वातावरण सृजना गरिदिने विश्वास व्यक्त गर्नुभयो । रासस




भर्खरै