२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसीसीएस सिप्यान क्रिकेट अवार्ड हुने



अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पाँच विधामा सम्मान गर्ने भएको हो । सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ठ क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेलाडीहरुलाई सम्मान गरिने बताउनुभयो । पाण्डका अनुसार वर्ष क्रिकेट खोलाडी (महिला, पुरुष) तर्फ १ लाख ३१ हजार पुरस्कार राशी राखिएको छ । अन्य तीन विधामा समान ६६ हजार पुरस्कार राशीका साथ सम्मान गरिने उहाँले बताउनुभयो । गतवर्ष क्रिकेट वर्ष खेलाडी अन्तर्गत महिला र पुरुषले पाउने रकम फरक फरक रहेकोमा त्यसलाई यो वर्ष समान गरिएको उहाँले बताउनुभयो ।

पुरस्कारका लागि योग्य खेलाडी छनौट गर्न प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेका खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कार राशी र ट्रफी पदान गरिने भएको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड भने अनलाईन भोडिङका माध्यमका आधारमा छनोट गरिनेछ । नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने खेलाडीलाई क्रिकेट खेलको क्षेत्रमा पु¥याएको योगदानका आधारमा पुरस्कृत गरिने पत्रकार मार्फत जानकारी गराइएको छ ।