९ भाद्र २०८३, मंगलवार
,
Latest
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा भागेका दुईजनालाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको टोखाका ४६ वर्षीय श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका ३० वर्षीय विनोद केसी भन्ने विनोद गौAतम रहेका छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पक्राउ डङ्गोलले मानव बेचविखन र गौतमले अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराधमा कैद भुक्तान गरिरहेको बताउनुभयो ।

पक्राउ दुवैलाई कैद भुक्तानका लागि आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।रासस




भर्खरै