२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेन–जी आन्दोलनबाट घाइते, शहीद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताउनुभएको छ ।

गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरुसँग समझदारी गर्न लागिएको बताउनु भयो । उहाँकाअनुसार शहीद परिवार र घाइतेलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरुले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ । त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उहाँले बताउनु भयो ।

श्रममन्त्री भण्डारीले भन्नुभयो–‘यहाँको विद्यमान अवस्थाले चाहे व्यापारिहरुलाई होस् चाहे उद्योगीलाई होस् के भनिरहेको हुन्छ भने यहाँ उद्योग नगर सुरक्षित छैन । श्रम गर्ने मान्छेलाई पनि के गरिरहेको हुन्छ भने तिमी जाउ यहाँ गरिखाने ठाउँ छैन । तर हामी भनिरहेका छौं, आउनुस् यहाँ काम गरेर खाने वातावरण छ । हामीले त्यसो नभन्ने हो भने फेरि त्यो जनशक्ति हरेक वर्ष पलायन हुनुपर्ने अवस्था आउँछ । जसले योगदान पुर्याउछ त्यो सधैँभरी प्रताडित हुन्छ । चाहेँ कर्मचारीतन्त्रमा होस् चाहे अन्यत्रै । कुशासनको कुचक्रममा फसेको मुलुकमा यस्तै हुने गरेको छ ।  म इमान्दारिताका साथ काम गर्छु भन्ने हो भने त्यो प्रताडित हुनुपर्ने अवस्था आउछ । अहिले मैले केही योजना बनाउँदैछौं । जेन–जी आन्दोलनबाट घाइते, शहिद परिवारका १ हजारलाई निशुल्कमा वैदेशिक रोजगारीमा पठाउन खोज्दैछौं । उनीहरुले सिकेको सिप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ ।’ 

भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरु रोकिनुपर्ने समेत बताउनु भयो ।