६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह

व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।

आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै अबको समयमा पनि अघि बढ्न शाहस गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन् । जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो । कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उहाँले उल्लेख गर्नुभयो । परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।

गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गर्नुभयो । उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । गभर्नर पौडेलले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिनुभयो । उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनु भयो । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गभर्नर पौडेलले भन्नुभयो–‘ठूलो खर्च गर्न आँट गरोस, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौं । बोण्डहरु जारी गर्ने बारेमा पनि हाम्रो नेगोसेसन भएको थियो । उर्जा, यातायात जस्ता क्षेत्रमा राम्रो खर्च गर्न कोशिस गरौँ । उर्जा, यातायातमा धेरै सम्भावना छ, यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । सम्भावनाको केही प्रतिशत पनि हामीले प्रयोग गरेको देखिदैन ।’

‘यातायतमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजिकरण गछौँ । म व्यवसायी साथीहरुलाई भन्न चाहन्छु उच्च मनोबल लिएर काम गर्नुहोस्, यो भन्दा प्रतिकूल परिस्थीतिमा मान्छेहरुले मेहनत गरेका छन् । सबै देशहरु विपन्न हुँदा धेरै कारणहरु हुन्छ । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने केही कारण छैन । हामी धेरै प्रकारका आरोह अवरोह पार गरेर यहाँ आइपुगेका छौं । २० वर्ष अघि हाम्रो देशमा आन्तरीक द्वन्द थियो । राजदरबार हत्यकाण्ड भएका थियो ।  यतिधेरै भुइचालोहरु आए । धेरै प्रकारका आरोह अवरोहरु भएको भइ छ । त्यही पनि २÷४ ओटा कुराहरु छन् हामीलाई स्टेबल बनाइरहेको छ । त्यो मध्ये एक हाम्रो आवधिक निर्वाचनहरु हुन । निर्वाचनहरु स्वच्छ भइरहेको छ भन्नेमा हामी सबैले विश्वास गर्दै आएका छौं । कम पैसा भएकाहरु पनि स्वतन्त्र रुपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत पार्टी बाहिरबाट पनि चुनाव जितेका छन् । यो चिजहरुले हामीलाई अघि बढ्न पनि सघाउ पु¥याइरहेको छ ।’ 

बागभर्नर पौडेलले सकारात्मक आधारलाई आत्मविश्वासका साथ उपयोग गर्दै निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने विश्वास व्यक्त गर्नुभयो ।