२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथा चढ्ने



अ+ अ-

काठमाडौं । चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् ।

संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहिहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् । आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोहि तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ । आरोहि टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वाका आरोहिहरुको ध्यान नेपालमा खिच्न विन्टर सिजन अर्थात जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताउनुभयो । उहाँले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पुर्याउन खोजिएको बताउनुभयो ।

आरोहि शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा विरलै हुने गरेको र यसअघि सन १९८० र सन १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताउनुभयो । तर यसपटक आफुहरुले यहि फेब्रअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताउनभयो ।