काठमाडौं । चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् ।
संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहिहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् । आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोहि तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ । आरोहि टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वाका आरोहिहरुको ध्यान नेपालमा खिच्न विन्टर सिजन अर्थात जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताउनुभयो । उहाँले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पुर्याउन खोजिएको बताउनुभयो ।
आरोहि शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा विरलै हुने गरेको र यसअघि सन १९८० र सन १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताउनुभयो । तर यसपटक आफुहरुले यहि फेब्रअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताउनभयो ।