११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा प्रधानमन्त्री ओली, गएनन् प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पोखरा गएका छन्। सोमबार गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणका लागि पोखरा गएका हुन्।

प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेपनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेलामा नजाने भएका हुन् ।

यसअघि प्रचण्ड प्रदेश नम्बर ५, कर्णाली प्रदेशमा भएका भेलामा जदाँ प्रधानमन्त्री ओली गएका थिएनन्। नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिकामा प्रदेशका भेला दुवै अध्यक्षले सम्बोधन गर्ने उल्लेख थियो।

पोखरा जानुअघि प्रधानमन्त्री ओलीले सोमबार विहान बालुवाटारमा प्रचण्डसँग कुराकानी गरेका थिए। समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्षद्वयबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।