काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोरखा कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ परेका छन् । प्रधानमन्त्री ओलीलाई नेविसंघ र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा पक्राउ परेका हुन् ।
नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधामन्त्री ओलीलाई विद्यार्थी नेताहरुले पोखरास्थित जनप्रिय क्याम्पस नजिकै नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्दा नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल जिएमसी उपाध्यक्ष र असिम पौडेल र अन्य समाजवादी विद्यार्थी युनियनका कार्यकर्ता पक्राउ परेका हुन् ।
मंगलबार सम्म चल्ने नेकपाको प्रशिक्षण कार्यक्रममा करिब १६ सय जना सहभागी रहने बताइएको छ ।