२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरा बरामद



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा आज सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक केशवदत्त विष्टको कमान्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको चार सय वटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो ।

बरामद कुखुरा रु दुई लाख ४० हजार मूल्य बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहले बताउनुभयो । अवैध कुखुरा बोक्न प्रयोग गरिएका चार थान मोटरसाइलसमेत बरामद गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार से२प ६८३, म१प ४६९, म२प १२६४ र भारतीय यु.पी. ३१ वि.सी ८५०१ नंका मोटरसाइकल बरामद गरिएको छ ।

सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरु भागेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताउनुभयो । बरामद गरिएका कुखुरा सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ । बरामद मोटरसाइललाई भन्सारमा बुझाउने तयारी गरिएको छ ।