२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध नगर्ने तीन दलको सहमति



अ+ अ-

काठमाडौं । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित तिन दलहरुले संसद अवरुद्ध नगर्ने सहमति गरेका छन्। सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेका हुन्।

‘संसद अवरुद्ध गरेर मात्रै समस्याको समाधान हुँदैन’ कांग्रेस सचेतक पुष्पा भुसालले भनिन् ‘हामी तीन दल मिले अघि बढ्ने समझदारी बनाएका छौं।’

निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ।

कांग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया र राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण छलफलमा सहभागी थिए।