१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला कर्पोरेट हाउसका सञ्चालकहरुले श्रमिकको अधिकार खोसेः अध्यक्ष सिम्खडा



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठूला कर्पोरेट हाउसहरुले श्रम शोषण गर्ने गरेको आरोप लगाउनुभएको छ ।

काठमाडांैमा मंगलवार आयोजित एक कार्यक्रममा उहाँले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरुले श्रमिकहरुलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाउनुभएको हो ।

उहाँले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरुले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको उहाँले बताउनु भयो । स्थायी श्रमिकहरु निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरु मारमा परेको उहाँको भनाई छ । स्थायी श्रमिकलाई न्युनतम पारिश्रमीक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलववृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा लागू गर्नुपर्ने कारणले ठूला भनिएका होटलहरु नै यसबाट पन्छिन खोज्ने गरेको उहाँको दाबी छ । उहाँले होटलहरुमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि नपाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले ठूला ठूला कर्पोरेट हाउसहरुका वर्नरहरुले सञ्चालन गरेका, कतिपय मल्टीनेशनल कम्पनीहरुले सञ्चालन गरेका होटलहरु आज श्रमिकलाई अधिकार दिनबाट उहाँहरु भाग्न खोज्नुहुन्छ । आज एउटा श्रमिकलाई स्थायी भइसकेपछि उसले सामाजिक सुरक्षाको कुराकानी गर्छ, उसले तलव न्युनतम बेतनको कुरा गर्छ, उसले त्यो सँगै श्रम ऐनले दिएको प्रत्येक दुई वर्षमा सामुहिक सौदाबाजी गर्ने उसले आफ्नो अधिकार प्रयोग गर्न खोज्छ, त्यसकारणले यो उसको अधिकारलाई दिनु हुँदैन भनेर आज आउटसोर्स कम्पनीमार्फत श्रमिकहरुलाई ल्याएर काममा लाउने, स्थायी प्रकृतिका श्रमिकहरुलाई चाहीँ निष्कासन गर्ने जस्तो स्थिति आज बनेको छ ।’ 

उहाँले श्रमिकहरुले श्रमदाताको लगानी र सुरक्षाको चिन्ता गर्ने भएपनि रोजगारदाताहरुले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको बताउनु भयो ।