२१ श्रावण २०८३, बिहीबार
,
Latest
कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह धुलिखेल–चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ, पर्यटनदेखि लगानीसम्म सहकार्य विस्तार गर्ने सहमति नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताउनु भयो । यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उहाँको भनाइ छ । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउनुहुँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताउनु भयो । सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय हो । मानव अधिकारसँग जोडिएको विषय हो । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै हो । अक्सिजन प्रयोग नगरीकन मान्छे बाँच्नै सक्दैन । आज इन्टरनेटको प्रयोग पनि मान्छेका लागि बाँच्नै नसक्ने गरी इन्टरनेट प्रयोगमा धेरै मानिसहरु अभ्यस्त भएको स्थिति छ । त्यसलाई व्यवस्थित गर्ने लोकतन्त्रको मुख्य विषय हो । त्यसलाई निषेध र बन्द गर्ने लोकतन्त्रको पक्ष होइन । डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय हो । नेपाली काँग्रेस कमी कमजोरी थुप्रै छन्, लोकतान्त्रिक मूल्य मान्यतासँग जोडिएको पार्टी हो काँग्रेस ।’

नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताउनु भयो । सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताउनु भयो ।




भर्खरै