काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन् ।
उनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षक भित्र्याएको हो । भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए ।
उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)को लेभल–बी प्रशिक्षक हुन् ।










