२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

सोमवार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उहाँले जेन–जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पार्नुभयो ।

नेतृ झाँक्रीले भन्नुभयो,‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’

नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताउनु भयो ।