३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ ।

सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा  पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्नसक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरु उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनुपर्छ भन्ने नै मुख्य कुरा हो । त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ । पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टीका सदस्यहरुको गरिमालाई बढाउने विषय पनि महत्वपूर्ण छ । पार्टी अहिले नेतातिर फर्किएको छ । अब पार्टी नेतातिर फर्किर भएन, अब जनतातिर फर्काउने र जनताबाट आउने निर्वाचनमा अनुमोदित भएर आउने नेताले नेकपा एमालेलाई राज्यसत्ताको समेत नेतृत्व गर्ने उद्देश्यका साथ हामी चुनावी प्रतिस्पर्धामा छौँ ।’ 

महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्यसत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको उहाँको भनाइ छ ।