२१ श्रावण २०८३, बिहीबार
,
Latest
महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउनुहुँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी काँग्रेसमाथि रहेको बताउनु भयो ।

देशलाई सम्हाल्ने जिम्मेवारी काँग्रेसमाथि आएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताउनु भयो । ठिक ढंगले काम गर्नसके निर्वाचन आफैँ जितिने उहाँको विश्वास छ । महामन्त्री थापाकाअनुसार राम्रो काम गर्नसके मतदाताहरु आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताउनु भयो । नेपाली काँग्रेसलाई मतले पछ्याउनसक्ने बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातिय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ । आज फेरि एक पटक नेपाललाई सम्हाल्ने काँग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सबैलाई समेट्दै लैजाने जिम्मेवारी निर्वाह गर्नको लागि नेपाली काँग्रेसको प्रत्येक साथी अब छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ हामी काँग्रेस हौँ, केही गल्ती, कमजोरी भएको छ, त्यसलाई स्वीकार्छौं, सच्याउँछौँ भनेर समुदायको बीचमा जाने, नागरिकका बीचमा जाने काम ठिक ढंगले गरौँ । चुनाव आफैँ जितिन्छि । चुनाव चुनाव भन्नै पर्दैन, आफैँ आउँछ । मतदाताले आफैँ पछ्याउँदै आउँछ, भोटले आफैँ पछ्याउँदै आउँछ । हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन । भोटले हामीलाई पछ्याउने बनाउन सक्नुपर्छ । मतले हामीलाई पछ्याउनसक्ने बनाउनुपर्छ ।’

महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली काँग्रेसको नभएको पनि बताउनु भयो । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताउनु भयो । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी काँग्रेसको भएको बताउनु भयो ।




भर्खरै