२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…

सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…
अ अ+ अ-

काठमाडौँ, २९ मङ्सिरः राजनीतिमा सधैँ पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरुमा छ भन्ने भाष्य नेकपा (एमाले) का केही पुराना नेताहरुबाट खण्डित भएको छ । अन्य नेताहरु पद र अवसरका लागि सक्रिय रहेको स्थितिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अधयक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ ।

एमालेकै अधिकांश नेताहरु आफू पुनः पदमा आउन अध्यक्ष केपी शर्मा ओली वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट वा स्वतन्त्ररुपमा उम्मेदवारी हुन तछाडमछाड गरिरहेका बेला एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरु ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरुको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराउनुभयो । यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गर्नुभएको हो । उहाँहरुले पदमा नहरने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीको दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहनुभएका उहाँहरुले पार्टीले विधानमा ती व्यवस्था कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने स्पष्ट गर्नुभएको हो । एमाले केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने भन्दै स्वैच्छिक अवकाश लिने घोषणा गर्नुभएको छ । पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षदेखि बहुदलीय लोकतन्त्र, संविधान निर्माण र सङ्घीय व्यवस्थासम्मको लामो राजनीतिक यात्रा पार गरेर पार्टीको माथिल्लो तहमा पुग्नुभएका उहाँहरु वैचारिक र सादगी नेताहरुमध्येमा पर्नुहुन्छ ।

लामो समय पार्टीको सङ्गठन, सरकार सञ्चालन र वैचारिक बहसमा संलग्न रहँदै आएका नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ । विसं २०२६ देखि कम्युनिष्ट पार्टीमा लाग्नुभएका पूर्वसंविधानसभा सदस्य उपाध्यक्ष ज्ञवाली २०६० सालमा स्थानीय विकासमन्त्री बन्नुभएको थियो । उहाँले पार्टीको केन्द्रीय कमिटीमा लामो समय रहेर सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

पार्टीको सल्लाहकार पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका नेत्री शाक्य एमालेको सङ्गठन निर्माण र महिला नेतृत्व सुदृढीकरणमा अग्रणी नेतृ मानिनुहुन्छ । बागमती प्रदेश सरकारको पूर्वमुख्यमन्त्री शाक्य राष्ट्रपति पदका उम्मेदवार बन्नुभएको थियो । बडाल पूर्वसांसद तथा सहकारी अभियानका अगुवा हुनुहुन्छ । नेपाली राजनीतिमा पुस्तान्तरण केवल उमेरको विषय नभई दृष्टिकोण, कार्यशैली र राजनीतिक संस्कारसँग जोडिएको विषयका रुपमा चर्चाको विषय हुँदै आएको छ ।

एमाले महाधिवेशनको बन्दसत्रअन्तर्गत सोमबार उम्मेदवारीको मनोनयन भएकाले थप कुन कुन नेताले पुनः केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदैनन् भन्ने त्यसपछि थप स्पष्ट हुनेछ । विसं २०७१ असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने प्रबन्ध गरिलगत्तै तत्कालीन स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पार्टीको केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले सक्रिय राजनीति परित्यागको घोषणा गर्नुभएको थियो । एमालेको २०७८ सालमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने व्यवस्था हटाइएको थियो ।रासस