६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा

सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
अ+ अ-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ ।

१९ औँ संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद सेवाका कर्मचारीहरुको भुमिका महत्वपूर्ण हुने समेत स्पष्ट पार्नुभयो । उहाँले कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री सिन्हाले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरुको योगदान उल्लेख्य हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था रही कानून निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसदको विशेष सहयोगीको रुपमा रहेको संसद सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो । संघीय संसदको कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संघीय संसद सेवाको भुमिका महत्वपूर्ण हुन्छ । कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता हो । हामी कानून मन्त्रालयको तर्फबाट पनि एउटा कोशिस थालनी गरेका छौ । कानूनका शब्दहरु, कानूनका भाषाहरु सरल कसरी बनाउने ? त्यसका निमित्त के हुनसक्दछ भन्ने कुरोका अध्ययन अहिले भइरहेको छ । यसका लागि कानून निर्माण गर्ने संस्था संसदको भुमिका पनि अहम रहन्छ । यसका यहाँहरुको त विशेष भूमिका रहन्छ । संसदको भुमिकालाई प्रभावकारी बनाउन संसद सेवा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ ।’

मन्त्री सिन्हाले संघीय संसदको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भुमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताउनु भयो ।