२८ मंसिर २०८२, आईतवार
,
Latest
सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’ कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको उत्साहपूर्ण चहलपहल चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन भारत भ्रमणको पहिलो दिन मेसीले के–के गरे ? गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आज देखि भृकुटीमण्डपमा शुरु हुँदैछ ।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयलाई ‘अध्यक्ष मण्डल’को रुपमा घोषणा गर्नुहुने छ ।

केन्द्रीय निर्वाचन आयोगले चुनावी प्रक्रिया शुरु गर्नु अघि अध्यक्ष मण्डलले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई धारणा राख्नु हुने जनाईएको छ ।

बन्दसत्रमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ । अध्यक्षमा ओलीविरुद्ध ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

एमालेमा हाल अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना हुने व्यवस्था छ । केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रावधान छ ।