७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड

मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड
अ+ अ-

कोलकाता। भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रङ्गशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्।

अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बङ्गालमा पुग्नुभएको थियो ।

मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रङ्गशालामा खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका थिए ।

मेस्सीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमेर अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रङ्गशालामा पुगेका दर्शकहरूले बताए ।

टिकटको लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रङ्गशालाका सीटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्र्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए ।

“मेस्सीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो । तर, रङ्गशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु,” ३७ वर्षीय व्यवसायी नवीन चटर्जीले भन्नुभयो ।

तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर (७० फिट) को विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गर्नुभएको थियो ।

उहाँले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रसंशकहरूले गरेका थिए ।

अर्का एक प्रशंसकले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेका बताए ।

“मैले टिकटका लागि ५५ हजार रुपैयाँ तिरेको थिएँ र मेरो छोरासँग मेस्सी हेर्न आएको थिएँ, राजनीतिज्ञ होइन । प्रहरी र सेनाका जवानले उहाँसँग सेल्फी खिचिरहेका थिए र यसको दोष व्यवस्थापनको हो,” पिटिआईले दर्शकमध्येका एक अजय शाहलाई उद्धृत गरी लेखेको छ।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आफू अव्यवस्थाबाट ‘विचलित’ र ‘दुःखी’ भएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “म यस घटनाका लागि मेस्सी, सबै खेलप्रेमी र उहाँका प्रशंसकहरूसँग माफी माग्छु।”

मेस्सी कोलकातापछि हैदरावाद, मुम्बई र नयाँ दिल्ली जाने कार्यक्रम रहेको थियो ।

भारतमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

इन्टर मियामीलाई एमएलएसको उपाधि जिताउँदै मेस्सीले लगातार दोस्रो पटक यसै हप्ता ‘मेजर लिग सकर मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ जित्नुभएको छ।

बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर मेस्सीले आगामी जुन–जुलाईमा उत्तर अमेरिकामा हुने विश्वकपमा अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व गर्नुहुनेछ।  (रासस/एएफपी)