१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ

दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ
अ अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले लामो सङ्घषर््बाट प्राप्त संविधान जोगाउन सबै दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय स्वाधीनता जोगाउनका निम्ति संविधानलाई सही मार्गमा अगाडि बढाउनुपर्ने हालको मुख्य आवश्यकता भएको बताउनुभयो ।

नेता गुरुङले पटक–पटक भएका जनआन्दोलन, जनताको त्याग र बलिदानको परिणामस्वरुप गणतन्त्र प्राप्त भए पनि सहज रूपमा अगाडि बढाउने सन्दर्भमा चुनौती खडा भएको भन्दै सबै परिवर्तनका पक्षधर एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान मुलुकको लोकतन्त्र, गणतन्त्रसँग जोडिएको मुलुकको स्वाधीनतासँग जोडिएको छ । त्यसैले यतिबेलाको मुख्य कार्यभार संविधानलाई ट्र्याकमा ल्याउनु हो ।”

उहाँले ११औँ महाधिवेशनबाट एमालेले सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको वर्तमान सङ्कट सम्बोधनका लागि सबै राष्ट्रवादी, गणतन्त्रवादी शक्तिबीचमा सहकार्यको साथसाथै अगुवाको भूमिका निर्वाह गर्नुपर्ने छ । एमालेले त्यो बाटोमा अगाडि बढ्ने गरी नेतृत्व चयन गर्नेछ ।”

नेता गुरुङले मुलुकको वर्तमान समस्या समाधान गर्न कम्युनिष्ट शक्तिबीच एकता हुनुपर्ने बताउँदै विघठित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी प्राप्त उपलब्धि जोगाउन कठिन हुने उल्लेख गर्नुभयो । रासस