२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ



अ+ अ-

पोखरा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गर्नुभएको हो । मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताउनु भयो । उहाँले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।

मन्त्री घिसिङले भन्नुभयो,‘पूर्वाधारको क्षेत्रमा हामीले निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढि भन्दा बढि पूर्वाधारको क्षेत्रमा कसरी लगानी गर्न लगाउने ? भन्ने विषयहरुमा ऐन, कानूनको ठूलो परिवर्तनको जरुरी छ । यो काम आगामी सरकारले गर्नुपर्छ । अहिलेको इलेक्शनको गोभर्मेन्टले इलेक्शन गरेर फेरि पनि त्यस्तै पुरानै हिसावले संचालन गर्ने सरकार भयो भने त्यसले केही पनि काम गर्दैन । र अब आउने सरकार भनेको डेभलेपमेन्ट ओरेन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ । जसले देशको परिवर्तनको लागि, देशको द्रुत गतिमा विकास गर्नका लागि ठूलो परिवर्तन, चेन्ज ल्याउन सकोस । त्यस्तो नेतृत्व योङ लिडरसिप र सबै किसिमको डेभलपमेन्ट ओरेन्टेड लिडरसिपहरुको जरुरी छ । त्यस्तो लिडरसिप चुनिन र त्यस्तो लिडरसिपहरुलाई ल्याउनका लागि आगामी निर्वाचन सफल होस भन्ने पनि यहाँहरु सबैलाई शुभकामना व्यक्त गर्दै त्यतातर्फ अगाडि बढन आग्रह गर्दछु ।’

मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तिब्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाउनु भयो ।




भर्खरै