४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाभित्रै विचलन
राष्ट्रिय सभा सदस्य सिफरिसमा लफडा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा मनोनित राष्ट्रिय सभा सदस्य सिफारिसमा कसलाई पठाउने भन्नेबारेमा लफडा सुरु भएके छ । सचिवालय बैठकले उपाध्यक्ष रहेका वामदेव गौतमलाई पठाउने निर्णयविरुद्व अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उभिएपछि नेकपामा लफडा सुरु भएको हो ।

एमसिसी प्रकरणदेखि सभामुख चयन हुँदाबाट सुरु भएको शीर्ष नेताको तिक्तता राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्नेसम्म आईपुग्दा छरपष्ट भएको छ । सचिवालयले संविधान संशोधनको च्याप्टर क्लोज गर्दे उपाध्यक्ष वामदेव गौतमलाई सदस्यमा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गौतमलाई प्रधानमन्त्री बनाउनेगरी संविधान संशोधनको तयारीको तीव्र विरोध भएपछि भने सो निर्णय सचिवालयले भंग गरेको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । सौर्य दैनिक