२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार ‘महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न राज्य गम्भीर होस्’ यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित) नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताउनु भयो । साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभुतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाईहरु मिसिएको हुनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत समेत साहित्य भएकाले समेत स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘साहित्यलाई गन्तव्यहिन साहित्य होइन, खाली आत्मासन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाई यी सबै कुराहरु मिसिएको हुनुपर्दछ । यस्तो साहित्य जस्ले समाजको ऐनको मात्रै काम गर्दैन । त्यो भन्दा अझ अगाडि बढेर समाजको पथप्रर्दशक गर्दछ । चिन्तनले, विचारले समाजलाई बाटो देखाउने हो । विश्वका विभिन्न क्रान्तिका प्रेरकहरु साहित्यकारहरु, रचनाकारहरु, गीतकारहरु छन । गजलकारहरु छन् ।’

अध्यक्ष ओलीले नेपाल साहित्यको पनि उर्वराभूमि रहेको दाबी समेत गर्नुभयो ।