६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मास्टर की गायब पार्ने डिपो प्रमुखमाथि छानबिन सुरु

मास्टर की गायब पार्ने डिपो प्रमुखमाथि छानबिन सुरु
अ+ अ-

काठमाडौँ । हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो । साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।
ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो ।

जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ । ट्याङ्करलाई दिइँदैन । सिनामङ्गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, “साँचो हराएपछि तत्काल सिल गरी अर्को साँचोको व्यवस्था गरेका छौँ, साँचो हराए पनि तत्काललाई कुनै ‘रिक्स’ छैन, अनुसन्धान भइरहेको छ ।” विशाल ओझाको संयोजकत्वमा समिति गठन गरी अनुसन्धान भइरहेको गोइतले जानकारी दिए । निगमका अनुसार प्रमुख दायित्व कार्यालय प्रमुखको नै हुन्छ ।

त्यसमाथि साँचो राख्ने दराजको पासवर्ड कार्यालय प्रमुखसँग मात्र हुन्छ । बिहान कामका लागि साँचो निकालेपछि साँझ थन्काइन्छ । कार्यालय प्रमुखले चाहे दैनिक रूपमा पासवर्ड परिवर्तन गर्न सकिन्छ । ती हराएका चार सय साँचो अहिलेसम्म भेटिएका छैनन् । निगमका अनुसार हराएका साँचो मुख्य साँचो भएकाले हवाई इन्धनबाहेकका अन्य ट्याङ्कर पनि खोल्न मिल्छ । डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितका दुईवटा दराजमा मुख्य साँचो राख्ने गरिएका थियो । जसमध्ये एउटा दराजको साँचो हराएको भनिएको छ ।

महिना दिन हुन लाग्दा पनि हरायो भनिएका साँचोको कुनै पत्तो नलाग्दा निगमकै कर्मचारीको मिलेमतो हुनसक्ने पेट्रोलियम ढुवानी व्यवसायीको दाबी छ । हराएका साँचो भेटिए पनि निगमसँग अब नयाँ साँचो ल्याउनुको विकल्प छैन । निगमका अनुसार सामान्यता एउटा साँचोको पाँच हजार रुपियाँ पर्छ । सिनामङ्गलका साथै, अमलेखगञ्ज डिपोका लागि सेट नै नयाँ ल्याउनुपर्ने भएकाले कम्तीमा ५० लाख रुपियाँ खर्च हुने अनुमान निगमको छ ।

गत मङ्सिर २ गते राति अमलेखगञ्जबाट विराटनगर जाँदै गरेको ट्याङ्कर अपरणमा पर्यो भन्दै १९ लाख रुपियाँको तेल चोरी भएको घटनाको मुद्दा अदालतमा छ । प्रहरीको अनुसन्धानले चालककै मिलेमतोमा डिजेल चोरी भएको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको निगमको विराटगर डिपोले जनाएको छ । तर उक्त २० हजार लिटर डिजेल कहाँ लगियो भन्ने कुरा अझै पत्ता लागेको छैन ।

अध्ययन समितिको बैठक आज

पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको पाइपलाइनको प्राविधिक अध्ययन समितिको बैठक आज बस्दै छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिको संयुक्त अध्ययन समिति बनाइएको छ । सोही समितिको बैठक बस्न लागिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । बैठकमा अध्ययन सुरु गर्ने मिति तथा कार्यतालिकाको बारेमा छलफल भई टुङ्गो लगाइने निगमले जनाएको छ । निगमले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्ज–लोथर पाइपलाइन र गोरखपुर–रुपन्देही प्राकृतिक ग्यास पाइपलाइनको प्राविधिक अध्ययन गर्न संयुक्त समिति बनाइएको थियो ।

समितिले आयोजनाको सम्भाव्यता अध्ययन गरी विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्ने छन् । अध्ययन प्रतिवेदन तयार गरी नेपाल र भारतको सहसचिवस्तरीय संयुक्त कार्य समूहलाई दिने छ । प्रतिवेदनअनुसार संयुक्त कार्य समूहले काम अघि बढाउने छ । अध्ययन समितिले काम थालेको एक महिनामा प्रतिवेदन तयार गर्ने निगमले जनाएको छ ।

सिलगढी–झापा पाइपलाइनको अध्ययनका लागि निगमका प्रवक्ता वीरेन्द्र गोइत, अमलेखगञ्ज–लोथर पाइपलाइनका लागि निगमका निर्देशक पूर्णप्रसाद रिजाल, अमलेखगञ्ज डिपो स्तरोन्नतिका लागि निर्देशक दीपक बराल, रुपन्देहीसम्म प्राकृतिक ग्यास परियोजनाका लागि निर्देशक करुणा क्षेत्री समितिको संयोजक छन् । गोरखापत्र दैनिक