६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था शुरुवात गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरु लाभान्वित भएको जानकारी गराउनु भयो ।

उहाँकाअनुसार सबै सबै ईकाइको आदर्श वाक्य निर्माण गरिएको छ । उहाँले विष्फोटक पदार्थको भण्डाण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बंकर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार रेलवे, टनेल तथा बोटहरुको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिएको तथा युनिट कमाण्डहरुलाई एक्शन प्लान बनाएर कार्यान्वयनमा ल्याउने व्यवस्था समेत शुरुवात गरिएको बताउनु भयो । विपद् व्यवस्थापन, आकस्मिक उद्धार क्षमता, सडक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ठोस कदम अघि बढाएको समेत थापाले बताउनु भयो । उहाँले राष्ट्रिय सडक सुरक्षा परिषद्सँग समन्वय गरी पोस्ट–क्र्यास रेस्पोन्स एण्ड केयर सेवा शुरु गर्न एमओयू भएको तथा दुर्घटना पश्चात तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फस्र्ट रेस्पोन्स तालिम दिइएको पनि बताउनु भयो । प्रगति विवरणमा प्राकृतिक विपद् तथा सवारी दुर्घटनामा परेका घटनाहरुको उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन भई समुदायस्तरमा विपद्को समयमा परिचालन हुनसक्ने दक्ष जनशक्तिको रुपमा ९ सय ९० जना विपद् स्ययंसेवक तयार गरिएको पनि बताउनु भयो ।

सीमा सुरक्षा, निर्माण कार्य र स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण कार्यहरु अर्यालको तीन वर्षे कार्यकालमा सम्पन्न गरिएको उहाँको भनाइ छ ।

यस्तो छ सशस्त्र प्ररहरीको निर्वाचनलक्षित सुरक्षा रणनीति 

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति समेत सार्वजनि गरेको छ । निर्वाचनलाई सुरक्षित, व्यवस्थित र अवाञ्छित गतिविधिबाट मुक्त राख्न सशस्त्र प्रहरी बल नेपालले जोखिम मूल्यांकन, द्रुत प्रतिक्रिया टोली सञ्चालन, सीमा निगरानी, सञ्चार समन्वय र आवश्यक संसाधन परिचालन गर्ने योजना बनाएको छ । निर्वाचनको समयमा संवेदनशील क्षेत्र, असामान्य गतिविधि र सम्भावित जोखिम पहिचानका लागि विशेष टोली परिचालन गरिने प्रवक्ता थापाले जानकारी दिनुभयो । उहाँले अवैध आवतजावत, तस्करी वा अपराध वृद्धि हुन नदिन सीमा क्षेत्रमा विशेष गस्ती, चेकपोस्ट चौकसी, गस्ती निगरानी बढाइने समेत बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सम्भावना भएकाले उच्च शतर्कता अपनाइने समेत जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई भयरहित बनाउन जिल्ला सुरक्षा परिषद्हरुसँग आवश्यक समन्वय गरिने समेत जानकारी दिनुभयो ।