२६ मंसिर २०८२, शुक्रबार
,
Latest
आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू… जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ गाउँको मौलिकता कायम राख्न चुनौती एनपीएलका कुल चौका–छक्का (बाउण्ड्री) बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव—वन्यजन्तु द्वन्द्व र वन डढेको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका सुन्दरतम तालतलैयाहरु र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गर्नुभयो । चरणक्षेत्रहरुमा गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र  राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको जिकिर गर्नुभयो । जसले वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको पनि बताउनु भयो । मिचाहा वनस्पती वनभित्र सुख्खा याममा वन डढेलोको प्रमुख कारक भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा पनि मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको छ । हाम्रा सुन्दरतम तालतलैयाहरु, जलकुम्भीले यसले पर्यावरणीय क्षति गरेको छ । चरणक्षेत्रहरुमा पार्थेनियम र गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारिसकेको छ । हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको छ । जसले गर्दा वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको छ । वनभित्र सुख्खा याममा मिचाहा वनस्पती, वन डढेलोको प्रमुख कारक भएको छ ।’

मन्त्री परियारले वाह्य मिचाहा प्रजातिले स्थानीय जैविक विविधता, पारिस्थितिक प्रणाली, कृषि उत्पादन तथा पशुपालन र मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको बताउनु भयो । मिचाहा प्रजातिले पार्ने नकारात्मक प्रभाव वर्षेनी बढ्दै गएको बताउनु भयो ।