१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नेशनल हस्पिटलमा फर्टिलिटी सेन्टर स्थापना



अ+ अ-

काठमाडौं । कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलमा निसन्तान दम्पतिका लागि नेपाल नेशनल फटिर्लिटी सेन्टरको स्थापना गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बुधबार उक्त सेन्टरको एक समारोहबीच उद्घाटन गरेका थिए । निसन्तानको समस्याले महिलाहरु बढी पीडित हुने गरेको बताउँदै तिमिल्सनाले निसन्तान दम्पतिका लागि नेपाल नेशलन फर्ट्लििटी सेन्टरले जागरण तथा गुणस्तरीय उपचारका लागि काम गर्ने बिश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रका सन्दर्भमा रहेको अबिश्वासको संकटलाई चिर्दै नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकेमा स्वास्थ्य क्षेत्रको अभूतपूर्व विकास हुनसक्ने उनले बताए । क्षेत्रका सन्दर्भमा रहेको अबिश्वासको संकटलाई चिर्दै नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकेमा स्वास्थ्य क्षेत्रको अभूतपूर्व विकास हुनसक्ने उनले बताए । कार्यक्रममा अस्पतालकी फर्ट्लििटी सेन्टर प्रमुख डा. निकिता ढकालले नेपालमा हरेक ६ जोडी मध्ये एकजोडी निसन्तानको समस्याबाट प्रभावित रहेको बताईन् ।

निसन्तानको समस्याले डिप्रेसन, एनजाइटी, पारिवारिक बिग्रह तथा सामाजिक वहिष्करण जस्ता समस्या समेत निम्त्याउने गरेको ढकालले बताईन् । कार्यक्रममा हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले अस्पतालले स्थापनाकालदेखि नै विभिन्न सेवाको बिस्तार गर्दै आइरहेको बताए । बाँझोपनाको समस्या नेपालको हकमा बिकराल रहेको भन्दै फर्ट्लििटी सेन्टरको स्थापना अस्पतालको सेवा बिस्तारका अतिरिक्त निसन्तान दम्पतिका लागि सन्तान प्राप्तिको उपचार महंगो भएको भन्ने धारणालाई चिर्दै उपचारलाई सर्बसुलभ बनाउने उद्वेश्यले निर्देशित भएको पौडयालले बताए ।

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजाल, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे, प्रदेश सांसद केशब पोखरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले तथा अस्पताल संचालक समितिका अध्यक्ष रामचन्द्र शर्माले लगायतले मन्तव्य राखेका थिए ।