२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने



अ+ अ-

काठमाडौँ। काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ ।

काठमाडौँको शङ्खरापुर नगरपालिका– १, २ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिक– १ र १२ को सीमा क्षेत्रमा पर्ने कुण्डेश्वर महादेव मन्दिर ऐतिहासिक, पौराणिक, धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको मृगौला पतन भई शिव शक्तिस्वरुपले रहेको पौराणिक मान्यता छ ।

यहाँको ठूलो ढुङ्गामा रहेको पानीको कुण्ड कहिल्यै पानी नसुक्ने स्थानीय गणेश धिमालले बताउनुभयो । यसो हुनुमा कुनै दैवी शक्तिले काम गरेको स्थानीवासी विश्वास गर्छन् ।

यस क्षेत्रको धार्मिक महत्वकाबारेमा प्रचारप्रसार गरी पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले यहाँसम्म कालोपत्र सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महायज्ञबाट करिब रु आठ लाख सङ्कलन भएको जनाइएको छ । रासस