६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री

चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रश्ताव गर्नुभएको छ ।

विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा भएको चलचित्रसम्बन्धि विधेयकको दफाबार छलफलका क्रममा उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो ।

उहाँले बोर्डलाई स्वायत्त नै बनाउनुपर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिष्पर्धाबाटै ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री र प्रधानमन्त्रीका खल्तीका मान्छे भर्ती गर्ने गरिएकोले देश बिग्रिएको उहाँको भनाई छ । उहाँले हाल खुला नियुक्त हुने पदमा पनि कागजात मिलाएर नामको मात्रै खुला प्रतिष्पर्धा हुने गरेको बताउनु भयो । उहाँले नियुक्तिको लागि करोडौँको डिल गर्ने अवस्थाको अन्त्य गर्नेगरी कानूनी प्रवन्ध गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यक्ष खुला प्रतिष्पर्धामार्फत मेरिटवेशमा ल्याएपछि बोर्डका सदस्यहरु भने समानुपातिक रुपमा मनोनित गर्न सकिने बताउनु भयो । उहाँले बोर्डको अध्यक्षलाई चार वर्ष पूर्णरुपमा काम गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताउनु भयो । सरकार परिवर्तनपिच्छे नै अध्यक्ष परिवर्तन गर्न लाग्दा अपेक्षित काम गर्न नसक्ने उहाँको भनाई छ । काम नगरेको खण्डमा भने हटाउन मिल्ने पनि बनाउनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसलाई स्वायत्त नै बनाउने, स्वशासित नै बनाउने, कतै न कतै चेक एण्ड ब्यालेन्स गर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिष्पर्धाबाटै ल्याउनुपर्छ । पकेटमा मान्छे राखेर यो देश बिग्रिएको, मन्त्री अनुकुलका, प्रधानमन्त्री अनुकुलका मान्छे राखेर बिग्रिएको, अहिले खुला रुपमा ल्याउँछु भन्दा त कागजपत्र सारा मिलाएर लोकसेवाले लिएको जस्तो पनि देखाउने, तीन जना प्रतिस्पधाए गरेको जस्तो पनि देखाउने । खल्तीमा एउटा मान्छे राखेको हुन्छ, गभर्नर ल्याउनुप¥यो भने पनि त्यस्तै छ, अर्कै ल्याउनुप¥यो भने पनि त्यस्तै छ । अनि करोडौँका डिल हुने, यो अवस्थाको अन्त्य गर्नुपर्छ । भित्र करोडौँको डिल गर्ने बाहिर देखाउनको लगि प्रतिस्पर्धा गर्नेछ, प्रतिष्पर्धामै त । त्यसकारण खुला प्रतिष्पर्धा गर्ने कि भन्ने लागेको छ । खुला प्रतिष्पर्धा गर्दा राम्रैसँग मेरिटवेशमा नै राम्रो मान्छे ल्याउनुप¥यो र सदस्यहरु चाहीँ मनोनित गर्न सकिन्छ ।’

छलफलमा सहभागी सांसदहरुले बोर्डलाई स्वायक्त बनाउनुपर्ने, सात वटै प्रदेशमा यसको कार्यक्षेत्र विस्तार गर्नुपर्ने, बोर्डको अध्यक्ष र सदस्यहरु नियुक्त गर्दा समानुपातिक ढंगले गर्नुपर्ने बताउनुभएको थियो । सांसदहरुले बोर्डका सदस्यहरुलाई सरकारले हटाउन नपाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । समिति सभापति तुलसाकुमारी दाहालले अर्को बैठकमा विधेयकमा फेरि छलफल हुने जानकारी दिनुभयो ।