२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने



अ+ अ-

भक्तपुर। भक्तपुर नगरपालिकाले बिहीबार २५ गतेदेखि सहिद स्मृति खेलमैदानमा आयोजना भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्न भएका छन् ।

नगरपालिकाले आज सञ्चारकर्मीहरूलाई यसबारे जानकारी दिँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

खेलकुद प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, टेबलटेनिस, पोर्टबल, उसु, कबड्डी, तेक्वाण्डो, कसिमला पाय्, बुद्धिचाल, बाघचाल, फुटबल, जिम्नाष्टिक, ब्याडमिन्टन, कराँते र खोखो गरी १५ वटा खेलकुद प्रतियोगितामा नगरका १० वटै वडामा सञ्चालन हुने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

प्रतियोगितातर्फ भलिबलमा २८८, एथ्लेटिक्समा ४०८, टेबलटेनिसमा १३८, पोर्टबलमा १५३, उसुमा १३९, कबड्डीमा १६०, तेक्वाण्डोमा ३५०, कसिमला पाय्मा २४३, बुद्धिचालमा १७३, बाघचालमा २४७, फुटबलमा २८८, जिम्नाष्टिकमा १००, ब्याडमिन्टनमा १२०, करातेमा १६० र खो खोमा ३२४ जना गरी जम्मा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो । रासस