१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइनसहित आठ जना पक्राउ



अ+ अ-

चितवन। लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ४ बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय आज साँझ सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेडा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी,  २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, भरतपुर महानगरपालिका–४ का २१ वर्षीय सरोज तामाङ, वडा नं १७ का २४ वर्षीय बसन नेपाली, वडा नं २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनोज विक र ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने २३ वर्षीया आइषा खातुन पनि पक्राउ परेका छन् । उनीहरूका साथबाट १४२ दशमलव ६८ ग्राम खैरो हिरोइन पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।रासस