८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल : बिहान खुमलटार, दिउँसो बालुवाटार !



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपाल खुमलटार बैठकपछि बालुवाटार पुगेका छन्। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयपछि देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता बालुवाटार पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा शुक्रबार बिहान भएको छलफलमा सहभागी प्रचण्ड, नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालले सचिवालयको सर्वसम्मत निर्णय कार्यान्वयन नभए दुर्घटना हुने चिन्ता व्यक्त गरेका थिए। खुमलटार बैठक सकेर प्रचण्ड चितवन पुगेका छन् भने नेता नेपाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

चितवन पुगेर प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएकोले यसको कार्यान्वयनको विकल्प नरहेको बताएका छन्।