२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीविरुद्ध टस जितेर काठमाण्डु ब्याटिङमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ४ बजे सुरु हुने खेलमा काठमाण्डुले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अंकतालिकामा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छन् । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ भने पराजित टोलि बाहिरिनेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।